सुमनाले छोडिन् रास्वपा


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

पार्टी छाडेको जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “अब खुल्ला रूपमा आक्रमण गर्न सजिलो बनाइदिएको छु । मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्न सकिन्छ । मैले पार्टी छाडेकी छु ।”

श्रेष्ठले पार्टी केन्द्रीय समितिलाई पनि औपचारिक रूपमा जानकारी दिएकी छन् । पार्टी नेतृत्वले निरन्तर गल्ती दोहोर्याउने तर कहिल्यै गल्ती स्वीकार नगर्ने प्रवृत्ति देखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।

उनले भनिन्, “गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोकिदिनुपर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूको विरुद्धमा मिडिया ट्रायल गर्ने काम हुँदै आएको छ, जुन अस्वीकार्य छ ।”

प्रतिक्रिया