संविधानको धारा ६१ अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्त


काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। यसअघि गठन भएका सबै सरकारहरू संविधानको धारा ७६ अनुसार बनेका थिए, तर कार्की पहिलोपटक धारा ६१ अन्तर्गत नियुक्त भएकी हुन्।

संविधानको धारा ६१ मा प्रधानमन्त्रीको पदसम्बन्धी प्रावधान उल्लेख नभए पनि राष्ट्रपति राष्ट्राध्यक्षका हैसियतले संविधान र संघीय कानुनअनुसार कार्य सम्पादन गर्ने अधिकार राख्छन्। यही प्रावधानको प्रयोग गर्दै राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

धारा ६१(१) र ६१(२) अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने, संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने र राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै संविधानको पालन–संरक्षण गर्ने व्यवस्थासमेत रहेको छ। यही आधारमा राष्ट्रपतिले मुलुकको नेतृत्व सुशीला कार्कीलाई दिने निर्णय गरेका हुन्।

 

प्रतिक्रिया