
प्रधानमन्त्री कार्यालय नयाँ गृह मन्त्रालय भवनबाट सञ्चालन हुने
काठमाडौं- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ध्वस्त भएपछि अस्थायी रूपमा नयाँ गृह मन्त्रालयको भवनबाट सञ्चालन हुने भएको छ।
मुख्यसचिव एकनारायण अर्यालले शुक्रबार बिहान स्थलगत निरीक्षण गरेपछि प्रधानमन्त्री कार्यालयलाई नयाँ गृह मन्त्रालय भवनमा सार्ने तयारी भएको स्रोतले जनायो। अहिले फर्निचर स्थानान्तरण सुरु भइसकेको छ।
पुरानो गृह मन्त्रालयको भवनसमेत प्रयोग अयोग्य भएपछि गृह मन्त्रालयलाई शिक्षा मन्त्रालयमा सार्ने र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने योजना बनाइएको छ।



कागजपत्र |
