
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१, तीन प्रहरी पनि
काठमाडौं- देशभर जारी जेनजी आन्दोलन हिंसात्मक रूप लिँदै जाँदा मृतकको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये तीन प्रहरी र एक भारतीय महिला समेत छन्।
पहिलो दिनकै प्रदर्शनमा २१ जनाको मृत्यु भएको थियो भने पछिल्ला दिनमा कैदी, बाल सुधार गृहका बालक र अन्य सहभागीहरू मारिएका छन्। प्रहरीका अनुसार केही मृतक आगलागीमा जलेको अवस्थामा भेटिएका छन्।
उपत्यकादेखि विभिन्न जिल्लासम्म फैलिएको आन्दोलन अझै रोकिएको छैन।



कागजपत्र |
