नेपाली कांग्रेस तत्काल सरकारबाट फिर्ता हुनुपर्छः महामन्त्री थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले तत्काल सरकारबाट फिर्ता हुनुपर्ने जनाएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा लेख्दै अबोध युवाहरु अनाहकमा मारिएको क्रुर दृश्यको साक्षी नेपाली कांग्रेस साझेदार बन्न नहुने जनाउँदै तत्काल सरकारबाट फिर्ता हुनुपर्ने जनाएका हुन् ।

उनी लेख्छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।

अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’

प्रतिक्रिया