संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन शुक्रबार


काठमाडौं – संसदीय सुनुवाइ समितिको रिक्त सभापति पदका लागि निर्वाचन शुक्रवार हुने भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख इन्दिरा राना मगरले सुनुवाइ समितिको सभापतिको निर्वाचनको मिति जानकारी गराएकी हुन्।

यसअघि सभापति रहेकी ईश्वरी न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनेपछि संसदीय सुनुवाइ समिति सभापति पद रिक्त थियो। न्यौपाने राज्य व्यवस्था समितिमा गएपछि उनको रिक्त सदस्य पदमा रामहरि खतिवडालाई पठाइएको छ।

कुलिङ पिरियड छेडखानीमा छानबिन समिति नैतिक जिम्मेवारी ठहर्‍याएपछि राज्य व्यवस्था समिति सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए। तर अहिले कांग्रेसले खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउन खोजेको बताइन्छ।

 

प्रतिक्रिया