बागमती प्रदेश सभा बैठक बस्दै


हेटौंडा – बागमती प्रदेशसभाको बैठक बस्दैछ ।

प्रदेश सभा भवन, हेटौंडामा आज बस्न लागेको हो । जुन बैठक दिउँसो २ः०० बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुँदैछ भने विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आए पछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

साथै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्नेछन् ।

यसैअघि प्रदेशसभा बैठकको कार्यसूची तय गर्न अब एकछिनमा अर्थात बिहान ११ः०० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया