
एमालेको कार्यवहाक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
काठमाडौं- नेकपा (एमाले)को कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली १८ गतेसम्म चीन भ्रमणमा रहने कार्यक्रम छ । एमालेको विधानअनुसार अध्यक्ष अनुपस्थित हुँदा वरिष्ठ उपाध्यक्षले कार्यवहाक अध्यक्षको जिम्मेवारी बहन गर्ने व्यवस्था गरिएको छ ।



कागजपत्र |
