नेपालमा सार्वजनिक बिदा अत्यधिक, अध्ययन गरेर घटाउनुपर्ने रामहरिको सुझाव


काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपालमा अत्यधिक सार्वजनिक बिदा भएको भन्दै त्यसबारे गम्भीर पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले नेपाल सार्वजनिक बिदा दिने मुलुकको विश्व सूचीमा नै पहिलो नम्बरमा रहेको तथ्य संसद्मा प्रस्तुत गरे।

उनले भने, “नेपाल पब्लिक होलिडे दिनेमा संसारकै पहिलो नम्बरमा परेछ। बिदालाई अलिकति कम गर्नुपर्छ। सरकारले यो विषयमा अध्ययन गरेर अगाडि बढ्नुपर्छ।”

उनका अनुसार नेपालपछि दोस्रोमा इरान, तेस्रोमा म्यानमार, चौथोमा श्रीलंका, पाँचौँमा बंगलादेश, छैठौँमा कम्बोडिया र सातौँमा भारत छन्।

 

 

प्रतिक्रिया