सुरत अदालतले भन्यो– बिहेको वाचा गरेर सहमतिमा शारीरिक सम्बन्ध बनाउनु दुष्कर्म होइन


सुरत-  विवाह गर्ने वचन दिएर पटक–पटक शारीरिक सम्बन्ध बनाएको उजुरीमा भारतकाे सूरत जिल्ला  अदालतले आरोपीलाई निर्दोष ठहर गर्दै रिहा गरेको छ। अदालतले बिहीबार सुनाएको फैसलामा भनिएको छ– “सहमतिको आधारमा सम्बन्ध बनेपछि मात्र विवाह नगरेको कारण दुष्कर्मको अपराध मान्न सकिँदैन।”

अदालतका अनुसार पीडित युवतीले आरोपीसँग होटेल र रेस्टुरेन्टमा आफ्नो परिचयपत्र आफैं दिएका कारण जबरजस्ती गरिएको प्रमाण देखिएन।

उजुरीअनुसार, डिण्डोली क्षेत्रमा बस्ने आरोपी एमटेक अध्ययनरत थिए। उनीहरूबीच पहिलो भेट इन्स्टाग्राम च्याटिङबाट भएको थियो। पछि भेटघाट बढ्दै प्रेममा परिणत भयो र शारीरिक सम्बन्ध बने।

युवकले विवाह गर्ने वाचा गरेर सम्बन्ध बनाएकाे तर पछि नगरेकाे पीडितले बताएकी थिइन् । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्। करिब तीन वर्षसम्म मुद्दा चलेर बिहीबार अदालतको फैसला आएको हो।

सुनुवाइमा खुलेको तथ्यअनुसार, २०२२ फेब्रुअरी ६ मा अन्तिम पटक सम्बन्ध बनेको थियो। त्यसपछि पीडिताले जुन ८ मा मेडिकल स्टोरबाट औषधि लिएर घरमै गर्भपतन गराएकी थिइन्। मेडिकल परीक्षणमा उनको गर्भावस्था रिपोर्ट नेगेटिभ आएको थियो।

युवक पक्षका अधिवक्ता अश्विन जोगडियाले प्रस्तुत गरेका मेडिकल रिपोर्ट र डीएनए परीक्षणले पनि पीडित र आरोपीबीच कुनै प्रमाणिक सम्बन्ध देखाएन। साथै, डा. शाहिदको बयानअनुसार पीडित आफैंले मेडिकल परीक्षणका क्रममा ३० देखि ३५ पटक सम्बन्ध बनाएको बताएका थिए।

बचाव पक्षले यो आधारमा युवती सम्भवतः निम्फोमेनिया (यौन सम्बन्धप्रतिको असामान्य आकर्षण) बाट पीडित हुन सक्ने दाबीसमेत गरेको थियो।

प्रतिक्रिया