
प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। सिंहदरबारमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग बिहीबार भएको छलफलपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।
शनिबार चीन भ्रमणमा प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीले भ्रमणसम्बन्धी जानकारी सदनलाई दिने कार्यक्रम रहेको छ। प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा संसद्को आगामी १५ दिनको कार्यतालिका पनि तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।



कागजपत्र |
