
सरकारमा दुई मन्त्री फेरबदल हुने
काठमाडाैं- अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री फेरबदल गर्ने निर्णय गरेको छ। पार्टीको पछिल्लो बैठकमा यस विषयमा औपचारिक रूपमा निर्णय लिइएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा जसपाबाट प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारीमा छन्।
पार्टीले यी मन्त्रीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्जु झालाई सरकारमा पठाउने तयारी गरेको नेताहरूले बताएका छन्। ती मन्त्रीहरूले यही भदौ ११ भित्र राजीनामा दिने बताइएकाे छ।



कागजपत्र |
