
प्रधानमन्त्रीलाई मौसमी फ्लु, बालुवाटारमै आराम
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मौसमी फ्लुका कारण अस्वस्थ भएका छन्। रूघाखोकीसहितको संक्रमण भएपछि उनी अहिले बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बुधबारदेखि कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन्। बिहीबार पनि उनको कार्यतालिकामा कुनै औपचारिक कार्यक्रम समावेश गरिएको छैन।
मौसमी फ्लुका कारण प्रधानमन्त्री बालुवाटारमै आराम गरिरहेका छन्। उनले अत्यावश्यक बाहेक अन्य भेटघाटका कार्यक्रम स्थगित गरेका छन्।



कागजपत्र |
