यी सांसदलाई हटाउन माओवादी अध्यक्ष प्रचण्डले गरे पत्राचार


लुम्बिनी – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेशसभाका दुई सांसदलाई हटाउन माग गरेका छन् । दाहालले माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई पत्राचार गरेका हुन् ।

दाहालले माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाउन माग गरेका हुन् ।

माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो। न्यौपाने र पन्थीले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीले दुबै जनालाई कारबाहीका लागि पत्राचार गरेको जनाइएको छ ।

प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनपछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले आप्mना नेताहरुलाई स्पष्टीकरण मागेर जवाफमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै कारबाही गरेपछि प्रचण्डले पनि पार्टीबाट निर्वाचितलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।

यससँगै दुवै कम्युनिस्ट पार्टीहरुमा आफ्ना पूर्व कार्यकर्ताहरुलाई कारबाही गर्ने क्रम सुरु गरेका छन् ।

प्रतिक्रिया