ललितपुरमा बस–मोटरसाइकल ठक्कर, एक जनाको मृत्यु


ललितपुर -ललितपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

आइतबार बिहान ललितपुर महानगरपालिका- ४, नख्खुस्थित सातदोबाटोबाट सानेपातर्फ जाँदै गरेको बा २ ख ६५३२ नम्बरको बस र भैंसेपाटीबाट भनिमण्डलतर्फ जाँदै गरेको बा ६१ प ८३४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

ठक्करमा परी मोटरसाइकल चालक, रामेछाप घर भएका र हाल ललितपुर महानगरपालिका–२५ बस्ने ४६ वर्षीय मान सुनुवारको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा संलग्न बस चालक, रूपन्देही सैनामैना नगरपालिका–४ का पाना ढकाललाई पनि नियन्त्रणमा लिइएको छ। साथै, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया