आज दुई जिल्लामा आकस्मिक बाढीको सम्भावना


काठमाडौं- नेपालमा मनसुन कमजोर भएसँगै वर्षा र बाढीको सम्भावना पनि घटेको छ।

यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज दुई जिल्लामा मात्र बाढीको जोखिम देखिएको प्रक्षेपण गरेको छ।

बाढी महाशाखाका अनुसार आज बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर बनेको हो।

प्रतिक्रिया