
एएफसी यू–२३ एसियन कप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा
काठमाडौं – ताजकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । शुक्रबार नेपाली राष्टि–य यू–२३ टिमका प्रशिक्षक नवीन न्यौपानेले २३ सदस्यीय राष्ट्रिय टोली घोषण गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ(एन्फा)ले शुक्रबार उक्त टोलीको सूची सार्वजनिक गरेको थियो । एन्फाका अनुसार टोलीको गोलकिपरमा क्रिशल मोक्तान, अमित तमाता र विशाल केसी छन् ।
रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लाहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु र सिमान्त थापा छन् । मिडफिल्डरमा अभिषेक स्याङताङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, क्रितिस रत्ज छुँजु, पुजन थापा, सञ्जिव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ छन् ।
फरवार्डमा रोहन खड्गी र निराजन धामी छन् । छनोटमा नेपाल समूह ‘के’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टोली ताजाकिस्तान, सिरिया र फिलिपिन्स छन् ।



कागजपत्र |
