रञ्जिता श्रेष्ठद्वारा गंगाराम चौधरीमाथि कारबाही


काठमाडौं-  नागरिक उन्मुक्ति पार्टीमा विवाद बढ्न पुगेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेको जानकारी पार्टीले शुक्रबार संसदलाई दिएको छ।

रञ्जिताले पार्टीको स्पष्टीकरणको मागलाई बेवास्ता गरेको भन्दै चौधरीमाथि कारबाही गरिएको उल्लेख गरेकी छन्।

पत्रमा भनिएको छ कि ‘संसदीय दलको नेता भएको व्यक्तिले महासचिवको ओहोदा नपाउँदै पार्टीको लेटरप्याड र छापको दुरुपयोग गरी पार्टीको हित विपरीत अवाञ्छनीय गतिविधि गरेको पाइएको छ। स्पष्टीकरण सोध्दा पनि चौधरीले चित्तबुझ्दो जवाफ नदिएको र पुनः माग्दा समेत जवाफ नदिएको कारणले कारबाही गरिएको हो।’

1

2

प्रतिक्रिया