कुवेतमा विशाक्त मदिराबाट ज्यान गुमाउने नेपालीको संख्या ९ पुग्यो


काठमाडाैं – कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ।

जसमध्ये ९ जना नेपाली रहेका छन् । नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेका छन्।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतका अध्यक्ष विकाससिंह ठकुरी र सचिव सुरेन्द्र लिम्बूले अपिलपत्र जारी गर्दै नेपालीसहित एसियाली मुलुकका १६० जना मदिरा सेवनकै कारण बिरामी भएर उपचाररत रहेको जानकारी दिएका छन्।

उनीहरूले कुवेतको सरकारी सञ्चारमाध्यमलाई उदृत गर्दै अपिल पत्रमा भनेका छन् । ‘कुवेत सरकारको ताजा जानकारीअनुसार मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण हालसम्म २३ जनाको मृत्यु भइसकेको छ र १६० जना अस्पतालमा उपचाररत छन्।’

कुवेतस्थित नेपाली दूतावासले कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई यसबारे जानकारी दिइसकेको छ ।

कुवेतमा मदिरा सेवन गर्न प्रतिवन्ध छ । प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।

प्रतिक्रिया