
महाकालीमा बढ्यो पानीको बहाब, चारपांग्रे सवारी साधन आवतजावत बन्द
काठमाडौं – महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।
गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो ।
पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको हो ।
दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक लगाइएको छैन ।
आज बिहान ७ बजे महाकाली नदीमा एक लाख नौ हजार ६२० क्युसेक पानी रहेको बताइएको छ ।



कागजपत्र |
