प्रधानमन्त्री ओली आज जनकपुर जाँदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाँदैछन् ।

साढे २३ करोडभन्दा बढीको लागतमा नवनिर्मित मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुरधाम जान लागेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बिहान साढे ११ बजे हेलिकप्टरमार्फत जनकपुरधाम आइपुग्ने कार्यतालिका रहेको छ ।

प्रहरीको नयाँ भवन उद्घाटनपछि उनी जनकपुरधाम र महोत्तरीमा सडक उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया