
काठमाडौं आउँदै गरेको बस खस्दा १२ जना घाइते
काठमाडौं- रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस लहरेपौवामा दुर्घटनाग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहका अनुसार पासाङल्हामू राजमार्गअन्तर्गत उत्तरगया गाउँपालिका–५ स्थित लहरेपौवामा दिउँसो करिब २ बजे बा ४ ख ८४३५ नम्बरको बस सडकबाट करिब ३० मिटर तल खसेको हो।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुली पठाइएको छ।



कागजपत्र |
