ट्रमा सेन्टरमा डा. रिजालको चरम आर्थिक अनियमितता, लाखौं लिएर बिना दरबन्दी दर्जनबढी कर्मचारी नियुक्ति


काठमाडौं – मुलुककै पहिलो र ठूलो राष्ट्रिय ट्रमा सेन्टर अनियमितता र भ्रष्टाचारले थिलोथिलो भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमातहत सञ्चालनमा रहेको भए पनि पछिल्ला दिनमा मेडिकल माफिया र निजि अस्पताल सञ्चालकको कब्जामा रहेको देखिएको छ । जसको नियन्त्रण गर्नुपर्ने स्थानमा बसेर पनि बेवास्ता गर्दै ट्रमा सेन्टरका प्रमुख डा। बद्री रिजालले उल्टै प्रश्रय दिएको जनाइएको छ ।

डा. रिजालले नियुक्ति भएदेखि नै अवैध कामहरु गरिरहेको भन्दै ट्रमा सेन्टरका कर्मचारीहरुले विभिन्न निकायहरुमा उजुरी दिँदै आए पनि उनको अनियमिततामा कुनै कमि नआएको त्यहीँका कर्मचारीहरु बताउँछन् । पछिल्लो समय डा. रिजालले लाखौं रुपैयाँ लिएर दर्जन बढी कर्मचारी नियुक्ति गरेका छन् । ३ देखि ५ लाख रुपैयाँसम्म लिएर बिना दरबन्दी मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट र स्टाफ नर्स नियुक्ति गरेको जनाइएको छ । उनले विगत लामोसमयदेखि गरिरहेका अवैध कार्यका कारण जनताले आश गरेका वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रतिष्ठामा समेत आँच आउने दाबी ट्रमाका कर्मचारीहरुले गरेका छन् ।

गोंगबुस्थित अल नेपाल हस्पिटल प्रालिका अध्यक्ष समेत रहेका रिजाल रहेका डा। रिजालले इमरर्जेन्सीमा आउने बिरामीहरुलाई विभिन्न झन्झट र बेड नभएको बहानानामा आप्mनो निजी अस्पतालमा जान बाध्य बनाउने गरेको जनाइएको छ । नेपाल सरकारको निजामती कर्मचारीले  स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ११२, निजामती ऐन २०४९ दफा ४८ अनुसार कुनै पनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार सञ्चालन गर्न नपाउने उल्लेख छ । कुनैपनि राष्ट्र सेवकले आफ्नो वा अरुको नाममा कुनैपनि कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसुरबमोजिम कारबाहि हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा उल्लेख भए पनि डा।रिजालले निजी अस्पताल सञ्चालन गरिरहेकोले उनले गैरकानुनी र अवैध काम गरेको प्रष्ट हुन्छ ।

डा. रिजालको अवैध कार्यहरुको मन्त्रालयमा उजुरी परेसँगै मन्त्रालयले अब ‘एक्सन’ लिने सम्भावना समेत रहेको एक कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘मन्त्रीज्यूकै बदनाम गर्ने भए, अब सोच्ने बेला आएको छ, सम्भवतः मन्त्रालयले यसबारे केही निर्णय लिन्छ होला ।’

नेपाल मेडिकल एशोसिएसनका उपाध्यक्ष समेत रहेका डा. रिजाल आगामी कार्यकालका लागि अध्यक्षको दाबी गरे पनि उनको कर्तुतहरुका कारण उनलाई नेतृत्व दिन नहुने पक्षमा पूर्व पदाधिकारीहरु रहेको समेत जनाइएको छ । उनकै कारण एशोसिएसनको नै बदनाम हुन थालेकोले बेलैमा कारबाही गर्नुपर्ने पक्षमा ती पदाधिकारी रहेका छन् ।

साथै डा। रिजालले कर्मचारी नियुक्तिदेखि अस्पतालले  खरिद गर्ने विभिन्न सामाग्रीहरु खरिदका लागि सेटिङमा टेण्डर निकाल्ने र उनका अनियमितताविरुद्ध आवाज उठाउने कर्मचारीहरुलाई सरुवा गर्ने वा भौतिक आक्रमण गर्नेसम्मको धम्की दिने गरेको कर्मचारीले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

वेडमा भर्ना गरेका र ओपिडिमा  उपचार र अपरेसन गर्न आउने विरामिलाई अहिले वेड खालि छैन पालो ४÷५ महिना लाग्ने बताउँदै तुरुन्त उपचार गर्नुपर्ने कतिपय बिरामीहरुलाई महंगो शुल्कमा अपरेशन चार्ज र सामानहरु महंगो मूल्यमा किन्न लगाएर ठगी गरेको भन्दै रिजालविरुद्ध परेको उजुरीमा प्रधानमन्त्री कार्यालयले छानिबन गर्न निर्देशन दिएको थियो । उक्त अनियमितता छानबिनका लागि गठित समितिले स्पष्टीकरण सोधेको थियो । भने २०८१ सालमा सतर्कता केन्द्रले पनि स्पष्टीकरण सोधेको थियो ।

डा। रिजाल नियुक्ति भएदेखि देखिएपछि वीर अस्पताल र ट्रमा सेन्टरकै कर्मचारीहरुले डा। रिजालविरुद्ध प्रतिष्ठानका उपकुलपति , रजिस्ट्रार , प्रधानमन्त्री कार्यलय , मुख्य सचिव, संसदीय समिति, अख्तियार दुरुपयोग आयोग, सर्तकता केन्द्र, खरिद कार्यालय, स्वास्थ्य मन्त्रालय, सम्पत्ति शुद्धीकरण, स्वास्थ्य सचिव  लगायतमा उजुरि दिएका छन् ।

डा। रिजालले सेन्टरमा अपरेशनका लागि प्रयोग हुने किला काटी, पातालगायत आफू निकट व्यापारीसँग गैरकानुनी रुपमा व्यापार गराएको, ल्याबमा प्रयोग हुने किटहरु आफू अनुकूल स्पेसिफिकेशन बनाई ओम सर्जिकललाई दिलाएको, आफू निकटलाई एमचारआई र सिटि स्क्यान मेसिन खरिदको टेण्डर दिन नसकेपछि ट्रमाको ३५ करोड फ्रिज गराएको, ट्रमा सेन्टरका बिरामी आफ्नो निजी अस्पतालमा उपचारका लागि पठाएको जस्ता विषयमा उजुरी परेको थियो ।

प्रतिक्रिया