
कैलाली कारागार घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन
काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार समितिको बैठकमा सभापति विमला सुवेदीले देशभरका कारागारहरूमा समय समयमा हुने झडप, कुटपिट र व्यवस्थापन सम्बन्धी अन्य समस्याहरू दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन निर्देशन दिइन्। उनले पीडितलाई नियमानुसार क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था मिलाउन पनि जोड दिइन्।
सभापति सुवेदीले सरकारलाई प्रत्येक प्रदेशमा नमुना कारागार निर्माण गर्न, क्षमताभन्दा बढी कैदी नराख्ने, सुरक्षा प्रविधि सुधार्ने र मानवअधिकारमैत्री सुधार गृहको रूपमा कारागारलाई विकास गर्ने नीति लागू गर्न निर्देशन दिइन्।
उनले कारागारभित्र नेतृत्व छनोट, अपराधको प्रकृति र कैदीको स्वभाव अनुसार फरक–फरक ब्लक व्यवस्थापन, भौतिक संरचनाको सुधार तथा नीतिगत, कानुनी र संरचनागत सुधारको आवश्यकतामा पनि जोड दिइन्।



कागजपत्र |
