
रामहरि खतिवडाले सभामुख घिमिरेलाई बुझाए राजीनामा
काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट दिएको राजीनामापत्र सभामुखलाई बुझाएका छन् ।
सङ्घीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा त्रुटि भएपछि विवादमा मुछिएका खतिवडाले बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई राजीनामापत्र बुझाएका हुन् ।
खतिवडाले मङ्गलबार नै संसद् बैठकबाटै राजीनामा दिएको बताएका थिए । उनले आज मात्रै औपचारिक रूपमा सभामुख घिमिरेलाई राजीनामापत्र बुझाएका हुन् ।



कागजपत्र |
