
राप्रपाकाे युवा संगठन अधिवेशनमा झडप, कार्यक्रम स्थगित
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको छ।
चाबहिलस्थित एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट समूहका युवाबीच नाराबाजी र भनाभन सुरु भएपछि वातावरण तनावग्रस्त बनेको थियो।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहने तय भएको थियो। तर, अधिवेशन सुरु हुनुअघि नै कार्यकर्ताबीच विवाद चर्किँदा स्थिति नियन्त्रण बाहिर पुगेको थियो।
अध्यक्ष लिङ्देन कार्यक्रम स्थलमै पुगेर मञ्चबाटै कार्यकर्तालाई सम्झाउँदै भने, “साथीहरू हल्ला नगरौँ। यो राष्ट्रवादी पार्टी हो, हल्ला नगरौँ।”
तर झडप रोक्न नसकिएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्ने घोषणा गरेका छन्।



कागजपत्र |
