
कांग्रेस सभापति देउवा पोखरामा, तनहुँको भिमाद जाँदै
तनहुँ – नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुगेका छन्। पोखरा विमानस्थलमा सभापति देउवालाई कांग्रेसका कार्यकर्ताले स्वागत गरे।
सभापति देउवा नेपाली कांग्रेस तनहुँको पूर्व क्षेत्रीय सभापति शहीद कल्याण खनालको २३औँ स्मृतिसभा तथा खनालको शालिक अनावरणका लागि तनहुँ गएका हुन्।
तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बजारमा सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।
कार्यक्रम कांग्रेस तनहुँको आयोजना र कांग्रेस भिमाद नगर समिति र शहीद कल्याण खनाल स्मृति प्रतिष्ठान तनहुँको व्यवस्थापनमा कार्यक्रम हुने सचिव खनालले जानकारी दिए।



कागजपत्र |
