अनिल झाले छाडे लोसपा, प्रवक्तावाट हटाइए मनिष मिश्र


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालवाट अनिलकुमार झाले राजिनामा दिएका छन् ।

लामो समयदेखी लोसपा राजनीतिमा निष्क्रिय रहदैँ आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजिनामा बुझाएका हुन् ।

बिगत एक बर्ष देखी नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजिनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्विकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले न्युज कारखानालाई बताए ।

‘उहाँ लामो समय देखी लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिना अघि उहाँले ह्ववाटसपवाट अध्यक्षज्यूलाई राजिनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वकिृत गरिसक्नु भएको छ,’ उनले भने ।

यसबारेमा झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिना अघि राजिनामा दिए पनि तर राजिनामाकाे मितिमा भने अघिल्लाे बर्षकाे मिति उल्लेख छ  ।

यता, एक महिना अघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। खासमा केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिए पछि उनको पद खोसिएको बुझिएको छ।

 

 

प्रतिक्रिया