महालक्ष्मी बैंकका चार पूर्वकर्मचारी पक्राउ


काठमाडौं — महालक्ष्मी बैंकका चार जना पूर्वकर्मचारी पक्राउ परेका छन् । करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तत्कालीन शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका–७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर–९ की २९ वर्षीया निर्मला साउँद, बैतडीको पुर्चौडी नगरपालिका—३ का २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका–१का ३१ वर्षीय धनन्जय पन्त रहेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका(९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया