
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ जर्सी र यसको प्रायोजक घोषणा गरिएको हो।
यस वर्षको जर्सीको मुख्य प्रायोजकका रूपमा शेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज रहने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र क्यान अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नयाँ जर्सी अनावरण गरिएको हो।



कागजपत्र |
