दशौँ राष्ट्रिय खेलकुदको मिति चाँडै घोषणा हुन्छः मन्त्री चौधरी


काठमाडाैं- पाँचथरको फिदिममा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै घोषणा गरिने बताए। प्रतियोगिता सञ्चालनका लागि सबै सरोकारवालासँग छलफल जारी रहेको र अब मिति परिवर्तन नहुने गरी तय गरिने उनले बताए।

मन्त्री चौधरीले सुर्खेतमा आयोजना हुने प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारसँग छलफल भइरहेको जानकारी समेत दिएका छन्। उनले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा देखिएका वित्तीय, प्राविधिक र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरिने पनि बताए।

खेलकुद संरचनाको विकासमा जग्गा अभाव र बजेट कमी भएको समस्या औँल्याउँदै मन्त्री चौधरीले मन्त्रालयले प्रदेश र स्थानीय तहमा खेलकुद कर्मचारी पठाउने तयारी गरिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया