
कैलाली कारागारमा कैदीबन्दीको गणना सुरु, तनाव घट्दै
कैलाली- कैलाली कारागार प्रशासनले शुक्रबार भएको हिंसात्मक घटना पछि कैदीबन्दीको संख्या र उपचारको लागि उपचारमा गएका बिरामीहरुको गणना सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कारागारको अवस्था अहिले सामान्य बन्दै गएको जानकारी दिएका छन्।
शुक्रबार ब्लक ‘ए’ मा रहेका कैदीबन्दीहरूले भित्तामा प्वाल पारेर ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गरेका थिए। उक्त झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अर्को एकजनालाई पनि रेफर गर्ने तयारी भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले सेती प्रादेशिक अस्पतालमा बाँकी घाइतेहरुको उपचार भइरहेको बताएको छ। घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाएर थुनुवा कक्षमा नियन्त्रण कब्जा गरेका थिए।



कागजपत्र |
