बन्चरेडाँडावासीमाथि प्रहरीले ज्यादती गरेको भन्दै सांसद मिजार आक्रोशित


काठमाडौं- नुवाकोटको बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटका स्थानीयवासीमाथि राज्यको निरन्तर ज्यादती भइरहेको भन्दै प्रतिनिधिसभामा बुधबार आवाज उठाइएको छ।

प्रतिनिधिसभाको  बैठकमा सांसद सीता मिजारले उपत्यकाको फोहोर व्यवस्थापनको सास्ती स्थानीयहरूले लामो समयदेखि झेल्दै आएको तर अब भने मलामी जाँदा समेत प्रहरीले दुर्व्यवहार गर्न थालेको गम्भीर आरोप लगाइन्।

“नुवाकोटको बन्चरेडाँडास्थित ल्यान्डफिल्डका स्थानीय बासिन्दाहरू वर्षौंदेखि फोहोरबाट सिर्जित दुर्गन्ध र वातावरणीय प्रदूषणका कारण क्यान्सरलगायत जटिल स्वास्थ्य समस्याबाट पीडित छन्,” सांसद मिजारले भनिन्, “तर अहिले अवस्था यस्तो बनेको छ कि मृत्यु संस्कारका लागि घाटमा जान खोज्दा समेत सुरक्षाकर्मीबाट दुर्व्यवहार सहनुपरेको छ।”

उनले बन्चरेडाँडा फोहोर व्यवस्थापनस्थल वरपरका बासिन्दाले पटक–पटक विरोध जनाउँदा पनि सरकारले सम्झौता मात्र गर्ने तर कार्यान्वयनमा बेवास्ता गर्दै आएको आरोप लगाइन्।

 

 

प्रतिक्रिया