सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति र प्रमुख सचेतकहरूको बैठक


काठमाडौं – प्रतिनिधिसभाको आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकअघि सभामुख देवराज घिमिरेले दुई छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

सभामुखले प्रमुख ५ दलका प्रमुख सचेतक र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सहितको बैठक नयाँ वानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजेका लागि बैठक आह्वान गरेको प्रेस विज्ञ शेखर अधिकारीले जनाए । त्यस्तै त्यो बैठक सकिएपछि साढे ११ बजे सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

दिउँसो एक बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।

आजै सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया