
मुग्लिन-पोखरा सडक खण्डको ऐना पहरामा बस दुर्घटना
काठमाडाैं- मुग्लिङ–पोखरा सडक खण्डको ऐना पहरा नजिकैबाट बस खसेकाे छ । आइतबार अपराह्न गोरखाबाट चल्ने यात्रुबाहक बस मर्याङ्दी नदी किनारमा खसेको हाे।
दुर्घटनामा परेकाे बस ग२ख १०७७ नम्बरको रहेको पुष्टि भएको छ। प्रारम्भिक जानकारीअनुसार, बस तनहुकाे आँबुखैरेनी क्षेत्रमा रहेकाे ऐना पहरा नजिकै सडकबाट तल खसेको हो।
बसमा कति जना यात्रु सवार थिए भन्ने यकिन विवरण आइसकेको छैन। घटनास्थलमा उद्धार टाेली पुगिसकेकाे छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।



कागजपत्र |
