दाङमा ट्याक्टरले च्यापिँदा दुई जनाको घटनास्थलमै मृत्यु


दाङ- दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ११ बजेतिर तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको हो।

दुर्घटनामा परी तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टरले च्यापिएका दुबै जनालाई गम्भीर अवस्थामा उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए।

उक्त दुर्घटनामा ट्याक्टरमा सवार १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट लागेको छ।

प्रतिक्रिया