बागमती प्रदेशका नवनियुक्त ३ नयाँ मन्त्रीको सपथ आज


काठमाडौं — बागमती प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार नियुक्त गरेका मन्त्रीहरु गीता गुरुङ, गोविन्द लम्साल र माया श्रेष्ठलाई विहीबार (आज)दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।

बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो १ बजेका लागि तय भएको छ ।

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण विहीबार मात्र हुन लागेको हो ।

संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । संसदीय दलको नेता नभएता पनि लामाले पद नछाड्ने बताइरहेका छन् ।

 

प्रतिक्रिया