प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय : डा. भट्टराई


काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भनेका हुन् ।

उनले शनिबार बिहान सामाजीक संजाल ट्वीटरमा ट्वीट गर्दै नेपाली कांग्रेसले प्रतिपक्षीको भुमिका निर्वहन गर्ने निर्णय सराहनीय रहेको भन्दै अरु प्रतिपक्षीले पनि आफ्नो धर्म नभुल्न भनेका छन् । लेखेका छन्, ‘अन्ततस्प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकतारप्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’

 

प्रतिक्रिया