दाङमा सर्पको टोकाइले प्रधानाध्यापकको ज्यान गयो


दाङ- दाङमा सर्पको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ। मृतक राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार यादवलाई सोमबार बिहान घरभित्रै सर्पले टोकेको थियो। टोकाइपछि तत्कालै उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा लगिएको भए पनि उपचारकै क्रममा आजै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शालिकराम यादव शंकर माध्यमिक विद्यालय, खरदरियामा प्रधानाध्यापकका रूपमा कार्यरत थिए। घटनापछि स्थानीय क्षेत्रमा शोकको वातावरण छ।

 

प्रतिक्रिया