
न्याय सेवाका ८४ उपसचिवसहित सयौं कर्मचारीको सरुवा
काठमाडौं- न्याय सेवातर्फका चार सहसचिव सचिवमा बढुवा भएका छन्। न्याय सेवा आयोगका अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।
बढुवा भएका सहसचिवहरूमध्ये सर्वोच्च अदालतका सहरजिष्ट्रार मानबहादुर कार्की रजिष्ट्रारमा पदोन्नति भएका छन्। त्यसैगरी, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता सूर्यराज दाहाल सचिव पदमा बढुवा भई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिवका रूपमा पदस्थापन भएका छन्।
सत्य निरूपण तथा मेलमिलाप आयोगकी कार्यवाहक सचिव निर्मला अधिकारी पनि सचिव पदमा बढुवा भई सोही आयोगमै पदस्थापन भएकी छन्। यस्तै, निर्वाचन आयोगमा कार्यरत सहसचिव निर्मला दाहाल सचिवमा बढुवा भई नेपाल कानून आयोगमा सचिव पदमा नियुक्त भएकी छन्।
साथै, बैठकले हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव रहेका खेमराज ज्ञवालीलाई नायव महान्यायाधिवक्ताको जिम्मेवारी दिँदै महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ।
त्यसैगरी, आयोगले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, र कानून समूहका १९ जना अधिकृतहरूको सरुवा पनि गरेको छ।
Skip to PDF content



कागजपत्र |
