गोसाइँकुण्डमा डुबेका दुवै युवाको शव भेटियो, मृतक मोरङका मनोज र सुजन


काठमाडौं — गोसाईंकुण्डमा डुबेर बेपत्ता भएका दुई युवकको शव भेटिएको छ । आइतबार दिउँसो गोसाईंकुण्ड स्नान गर्ने बेला डुबेका उनीहरुको आज बिहान शव भेटिएको जनाइएको छ ।

मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका–४ घर भएका अन्दाजी २५ वर्षीय मनोज न्यौपाने र विराटनगर घर भएका अन्दाजी २९ वर्षीय सुजन ढकाल रहेको जनाइएको छ ।

नेपाली सेनाको उद्धार टोली हिजो राती नै घटनास्थलतर्फ परिचालन गरिएको थियो। चन्दनबारीबाट उद्धार टोली साँझ ८ः५ बजे गोसाइँकुण्ड पुगेर नाइट हल्ट गरेको थियो।

आज बिहान ७ः३० बजेबाट सुरु गरिएको उद्धार कार्यमा निरन्तर प्रयास गर्दा पानी परिरहेको कठिन परिस्थितिका बीच पनि बिहान १०ः०५ बजे दुवै जनाको शव कुण्डबाट निकालिएको  छ ।

उक्त शवलाई अब पोष्टमार्टमको लागि पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया