रातको २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक नपाली सेनाकाे उद्धार अभियान


काठमाडौं- नेपाली सेनाले काठमाडौँको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका पाँच जना तीर्थयात्रीको सकुशल उद्धार गरेको छ। मंगलबार बिहान २ः३० बजे सुन्दरीमाई मन्दिर नजिकको एकासी खोलाको बिचमा फसेका चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई सेनाले उद्धार गरेको हो।

उनीहरू नुहाउने क्रममा खोलाको बहाव एक्कासि बढेपछि बीचमा फसेका थिए।

उद्धार कार्यका लागि नेपाली सेनाको श्री चन्दननाथ गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयवासीहरूको सहयोगमा ती यात्रुहरूको सकुशल उद्धार गरेको सेनाले जनाएको छ।

प्रतिक्रिया