प्रधानमन्त्रीकाे राजीनामा माग गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय आत्मघाती : कमल थापा


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयलाई राप्रपाका अध्यक्ष कमल थापाले आत्मघाती भन्दै आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव नै भएको दोहोर्‍याएका छन्।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया