
स्वास्थ्य मन्त्रालयलाई साम्पाङले पत्र लेखेर भने– कुलङ्घारले दलालीमा दिएको जग्गा फिर्ता गराइदिनू
काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पताल निर्माणका लागि छाताचोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गर्दै संघीय सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका छन्।
तर, उनले पठाएको पत्रमा प्रयोग गरिएको भाषा शैली औपचारिक मर्यादामा नपरेको देखिएको छ। पत्रमा साम्पाङले लेखेका छन्, “उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन। यसरी नगरपालिकाको जग्गा लान पाइँदैन। प्लिज फिर्ता गरिदिनु होला। धन्यवाद।”
उनले पठाएको सो पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई समेत पठाइएको छ।




कागजपत्र |
