
केन्द्रीय सदस्य हुमागाईंंद्वारा वीपी कोइरालाको शालिकमा माल्यार्पण
काठमाडौंं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईंले विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा काभ्रेको धुलिखेलस्थित वीपीचोकमा रहेको शालिकमा माल्यार्पण गरेका छन् ।
मंगलबार धुलिखेलस्थित बीपी चोकमा आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईंले कोइरालाको शालिकमा माल्यार्पण गरेका हुन् ।
उक्त अवसरमा हुमागाईंले नेपाली लोकतान्त्रिक आन्दोलनमा वीपी कोइरालाको योगदानको चर्चा गरेका थिए । उक्त अवसरमा काभ्रे कांग्रेसका अन्य नेता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उक्त शालिकको कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गरेका थिए । धुलिखेल बर्दिबास खण्डको वीपी राजमार्गको प्रस्थानविन्दु धुलिखेल नगरपालिका—६ स्थित जरणडाँडामा गत असोजमा कोइरालाको पूर्णकदको शालिकको अनावरण गरिएको थियो ।
नेपाली कांग्रेस धुलिखेल नगर कार्यसमितिको आयोजनामा भयको माल्यार्पण कार्यक्रम नगर सभापति बिदुर बस्नेतको सभापतित्वमा भएको थियो।
१४ औं अधिवेशनपछि जिल्लाको ३ केन्द्रीय सदस्य, बाग्मती प्रदेश महामन्त्री, जिल्ला सभापति सहितको नेतागणहरूले संयुक्त रूपमा सम्बोधन गरेको पहिलो मन्च भयको हुनाले यो शालिकलाई कांग्रेस एकताको प्रतिकको रूपमा पनि लिईन्छ।
राणा शासनविरुद्ध नेपालमा सुरु गरिएको क्रान्तिको अगुवाइ गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, महामानव एवं नेपाली कांग्रेसका पूर्वपार्टी सभापति तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइराला स्मृति दिवसका अवसरमा देशैभर वृक्षारोपणका साथै कोइरालाको योगदानबारे चर्चा, परिचर्चा लगायतका विभिन्न कार्यक्रम आयोजना गर्दै स्मृति दिवस मनाइँदै आएको छ ।



कागजपत्र |
