मुग्लिन–नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्दा तीनजना घाइते


काठमाडौं — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोला पुल नजिक गुडिरहेको कारमाथि एक्कासी ढुंगा खस्दा तीन जना गम्भीर घाइते भएका छन्।

घटनामा परेका भारतीय नम्बर प्लेटको उक्त कारमा पाँच जना सवार थिए। ढुंगा कारको पछाडि खसेर लागेकोले पछाडि सिटमा बसेका तीन जना यात्रु गम्भीर घाइते भएका चितवन प्रहरीले जनाएको छ।

घाइतेहरूलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको छ।

स्थानीयका अनुसार, उक्त क्षेत्रमा बिहानैदेखि लगातार वर्षा भइरहेको थियो, जसका कारण पहिरो खस्ने अवस्था सिर्जना भएको अनुमान गरिएको छ।

घटनापछि सुरक्षाकर्मीहरू घटनास्थल गइसकेका छन् भने थप विवरण संकलनको प्रक्रिया जारी रहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया