

स्वाब परीक्षण र उपचार निःशुल्क गरेपछि कोरोना बीमा गर्न जरुरी छैन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बीमा सच्याउने समय आएको बताएका छन्।
उनले आज मेलम्चीको उद्घाटन गर्ने क्रममा स्वाब परीक्षण र उपचार निःशुल्क गरेपछि बीमा गर्न जरुरी नरहेको बताए।
उनले भने, ‘तर, हडबडीमा बीमा पनि भयो। अब त्यसलाई सच्याउने समय आएको छ, सच्याएर अगाडि बढ्छौं।’
विगतमा कोरोना महामारीको समयमा कोरोना बिमाको सुविधा ल्याएपनि भूक्तानीमा समस्या भएको बिमितहरुबाट गुनासो आउने गरेको थियो ।

