आज पनि बस्दै एमाले पोलिटब्यूरो बैठक


काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज पनि बस्ने भएको छ ।

शुक्रबारदेखि ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको हो । हिजोको बैठकमा आठ जना सदस्यले भाग लिएका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठक बिहान ११ बजेदेखि बस्ने तय भएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए।

एमालेको विधान महाधिवेशनको पूर्वतयारीका क्रममा बिहीवार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलेको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो।

पोलिटव्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमवार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।

प्रतिक्रिया