काठमाडौं महानगरको बजेट पारित गरिँदै


काठमाडौं- काठमाडौं महानगरपालिकाको नगरसभा आज (असार ३२ गते) दिउँसो २ बजेका लागि बोलाइएको छ।

गत आइतबार (असार २९) उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन्। उक्त बजेट पारित गर्न आजको बैठक बस्न लागेको हो।

महानगरका प्रशासन विभाग प्रमुख तथा प्रवक्ता ध्रुव काफ्लेले नगरसभा पूर्वनिर्धारित समय अनुसार दिउँसो २ बजे डाकिएको जानकारी दिए। “आइतबार पेस गरिएको बजेट आजको नगरसभा बैठकबाट पारित हुनेछ,” काफ्लेले भने।

प्रतिक्रिया