
झापामा एक बालकको डुबेर मृत्यु
झापा- झापाको दमकमा एक बालकको डुबेर मृत्यु भएको छ। दमक नगरपालिका-९ का ११ वर्षीय रमन धिमालको मत्यु भएको प्रहरीले जनाएको छ।
दमक-९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर हिजो दिउँसोदेखि बेपत्ता भएका उनको शव आज बिहान फेला परेको हो। उनी पाणिनी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।
शवको कानुनी प्रक्रिया पूरा गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



कागजपत्र |
